Friday, March 15, 2024

मौसम आंशिक बदली, एक/दुई ठाउँमा हिमपात हुने

३ फागुन, काठमाडौं । देशको पहाडी भू-भागमा आज पनि मौसम आंशिक बदली भएको छ । अन्य भू-भागमा सफा रहेको छ।

आज दिउँसो र राति उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार कोशी, गण्डकी र कर्णाली प्रदेशका केही भू-भागमा हिमपातको सम्भावना छ । महाशाखाका अनुसार सोमबार पनि केही ठाउँमा हिमपात हुनेछ ।

 

 



from Online Khabar https://ift.tt/hW4jC8q

No comments:

Post a Comment