Tuesday, March 12, 2024

बार्सिलोना ४ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

३० फागुन, काठमाडौं । बार्सिलोना चार वर्षपछि युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

प्रिक्वाटरफाइनल दोस्रो लेगमा इटालियन क्लब नापोलीलाई ३-१ ले पराजित गर्दै समग्रमा ४-२ को नतिजासहित बार्सिलोनाले अन्तिम ८मा स्थान बनाएको हो । पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएको थियो ।

घरेलु मैदानमा बार्सिलोनाका लागि फेमिन लोपेजले १५औं, जाओ कान्सेलोले १७औं र रोवर्ट लेवान्डोस्कीले ८३औं मिनेटमा गोल गरे । नापोलीका लागि अमिर राहमनीले ३०औं मिनेटमा एक गोल गरे ।

बार्सिलोना यसअघि सन् २०१९-२० को सिजन क्वाटरफाइनल पुगेको थियो । त्यसयता भने बार्सिलोना एक पटक अन्तिम १६ र पछिल्लो दुई सिजन समूह चरणबाटै बाहिरिएको थियो ।



from Online Khabar https://ift.tt/9mHRZiU

No comments:

Post a Comment