Thursday, December 2, 2021

खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिनँ : सदस्य सचिव घिसिङ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङले नेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागले बिहीबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा विभिन्न २२ खेलका मुख्य प्रशिक्षकको उपस्थितिमा भएको छलफल कार्यक्रममा सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन् ।‘नेपाली खेलकुदलाई अझ माथि उठाउन कुनै कसर बाँकी राख्दिन । हरदम त्यसैमा प्रयासरत रहने छु ।

रग्वीलाई पनि शून्यकै अवस्थाबाट माथि उकास्न हरदम प्रयास गरिरहे र सफल पनि भए । त्यही अनुभवलाई प्रयोग गर्दै अगाडि बढछु,’ सदस्य–सचिव घिसिङले भने ।

उनले सर्वाधिक पदकको सम्भावना भएका खेललाई पहिलो प्राथमिकतामा राखेर योजना अगाडि बढाउने बताउँदै बाँकी खेल पनि प्राथमिकताकै सूचीमा पर्ने धारणा व्यक्त गरे ।

‘मेरा लागि सबै खेल समान हुन् । तैपनि पदकको सर्वाधिक सम्भावना भएकालाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्छु । त्यसको अर्थ बाँकी खेल प्राथमिकतामा पर्दैनन् भन्ने चाहिँ कदापी होइन’ उनले भने ।

उनले खेलाडी छनोट निष्पक्ष र पारदर्शी नहुन्जेल जति लगानी गरेपनि बालुवामा पानी हाले जस्तो मात्र हुने बताउदै यसमा सम्बन्धित संघ र प्रशिक्षकहरुले विशेष ध्यान दिन आवश्यक रहेको बताए ।

उनले प्रशिक्षकहरूलाई समय सापेक्ष परिस्कृत र स्तरवृद्धि गर्न रिफ्रेस कोर्स अत्ति आवश्यक भएको बताउँदै त्यसका लागि विदेशी प्रशिक्षक झिकाएर वा प्रशिक्षकलाई विदेशमा पठाउनु पर्न बताए ।

उनले नतिजा मात्र खोज्नुभन्दा पनि कसरी राम्रो नतिजा आउँछ त्यसका लागि उपयुक्त योजना आवश्यक रहेकोमा जोड दिए । पदभार ग्रहण गर्दै सहकार्यमा जोड दिएका सदस्य–सचिव घिसिङले सरोकारवालसँग सहकार्य गर्दै अगाडि बढ्न सदैव तयार रहेको बताउदै खेलाडी र खेलकुदको हितमा हुने राम्रो सल्लाह÷सुझावलाई आत्सात् गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

उक्त अवसरमा तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक र उपनिर्देशक हिमाल दाहालले विगतमा वृहत् राष्ट्रिय खेलकुदमा समावेश भएका खेललाई लक्षित गरी नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी, प्रशिक्षक, टिम व्यवस्थापक, निर्णायक संख्यालगायतका बारे अनुमानित खाका प्रस्तुत गरेका थिए ।

मुख्य प्रशिक्षकहरुले खेल सामग्री, पूर्वाधार, खेलाडीको प्रशिक्षणलगायतका अवस्थाबारे सदस्य-सचिव घिसिङलाई अवगत गराएका थिए ।



from Online Khabar https://ift.tt/3luqavr

No comments:

Post a Comment