Thursday, December 30, 2021

कमब्याकका लागि ‘कन्ट्रोभर्सी’ खोजिरहेकी उषा रजक !

१५ पुस, काठमाडौं । चलचित्र ‘कठपुतली’का निर्माता पृथ्वी रानाले विवादले चलचित्र नचल्ने बताइरहँदा सोही चलचित्रकी नायिका उषा रजक भने गसिपको खोजीमा छिन् । मिडियामा चर्चामा आउनका लागि उनले  दिने गरेका बयानदेखि उनले लगाउने गरेका पहिरन फेरिएका छन् ।

चलचित्र ‘कुसुमे रुमाल’, ‘इकु’ लगायतका चलचित्रमा काम गरेकी उषालाई अहिलेका पुस्ताका दर्शकले खासै चिन्दैनन् । यसैले पनि अमेरिका छाडेर नेपाली चलचित्र क्षेत्रमा नै रमाउन फर्किएकी उषालाई नयाँ पुस्तामाझ चिनिनु पनि छ ।

चलचित्र ‘कठपुतली’को प्रचारमा निक्कै सक्रिय उषा मिडियाको नजर आफूतिर तान्न कोशिश गरिरहेकी छिन् ।

बुधबार बेलुका यो चलचित्रको प्रिमियर काठमाडौंको बिग मुभिजमा आयोजना भयो । चलचित्रको प्रिमियरको दिन काठमाडौंमा अत्याधिक चिसो थियो । पानी पनि दिनभर नै परेकाले मौसम निक्कै चिसो थियो । तर, नायिका उषा रजकलाई भने यसले कुनै फरक पारेको देखिएन ।

चिसोमा उनी निक्कै नै बोल्ड बनेर प्रिमियर समारोहमा पुगेकी थिइन् । यसैले करिब ३ सय मानिस र मिडियाको क्यामेराको लेन्स उषातर्फ नै परे । उषा पनि खुशी हुँदै तस्वीर भिडियो खिचाउन मस्त देखिइन् ।

तर, चलचित्र सकिएपछि भने उषालाई पनि जाडो बढेको महसुस भएको हुनुपर्छ । उनले आफूसँगै ल्याएको कोट लगाइन् र चलचित्रबारे प्रतिक्रिया दिइन् ।

दुई दिनअघि मात्र उषाले मिडियामा आफ्नो पारिवारिक सम्बन्धको विषयमा दिएको बयानले पनि चर्चा बटुलेको थियो ।



from Online Khabar https://ift.tt/3qCYG8y

No comments:

Post a Comment