१४ पुस, काठमाडौं । पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा हिमपात सुरु भएको छ । वर्षासँगै बुधबार बिहानैदेखि चन्द्रागिरमा हिमपात सुरु भएको हो ।
चन्द्रागिरिमा यो वर्षको पहिलो पटक हिमपात भएको हो । हिउँ डाँडामा बाक्लै जम्मा भइसकेको छ । चन्द्रागिरि क्षेत्र हिउँले सेताम्य छ ।
मौसमविदले पानी पर्ने र काठमाडौं उपत्यका आसपासमै हिउँ पर्नसक्ने पूर्वानुमान मंगलबार नै गरेका थिए ।
आज मौसम बदली भई देशैभरका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हिमपात भएको छ भने अन्य क्षेत्रमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्मै मौसममा आंशिकदेखि सामान्य बदली आई हिमपात र पानी पर्ने सम्भावना छ ।
तस्वीरहरू : Chandragiri Hills Ltd
from Online Khabar https://ift.tt/3ECbRvi
No comments:
Post a Comment