Wednesday, December 22, 2021

हरर फिल्म ‘कठपुतली’को ओएसटी रिलिज

८ पुस, काठमाडौं । चलचित्र ‘कठपुतली’ पुस १६ गतेबाट रिलिज हुँदैछ । हरर कथामा निर्माण भएको यो चलचित्रले दरबारभित्रको कथा भन्नेछ ।

यो चलचित्रको ओएसटी गीत युट्युबमा सार्वजनिक भएको छ । ‘यो ज्यान कठपुतली’ बोलको गीतमा मेलिना राईको स्वर, दयाराम पाण्डेको शब्द तथा सुरेश अधिकारीको संगीत छ । गीतको भिडियोलाई भीएफएक्स र एनिमेसन गरी तयार पारिएको छ ।

परिवार त्यागेको एक राजकुमारले शाही दरबारमा बस्दा सामना गर्नुपरेको  विभिन्न रहस्य तथा अदृश्य शक्तिबाट बच्नका लागि गरेको संघर्षलाई चलचित्रमा देखाइएको छ । यो चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, शिल्पा मास्के, कर्मा, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतका कलाकारको अभिनय छ । भीमसेन लामाले निर्देशन गरेको ‘कठपुतली’मा पृथ्वी राना मगरको लगानी, सम्पदा मल्लको कथा छ ।

नेपालमा हरर जनरामा कहिलेकाहीं चलचित्र बन्ने गरेपनि बक्स अफिसमा यस्ता चलचित्रले दर्शक खुशी पार्न सकेका छैनन् । ‘कठपुतली’ भने अन्य चलचित्र भन्दा पृथक रहेको निर्माणपक्षको दाबी छ ।



from Online Khabar https://ift.tt/3mtGTzl

No comments:

Post a Comment