Monday, December 27, 2021

‘आमा’को चौथो सिजनमा उषा खड्गी

१३ पुस, काठमाडौं । पूर्व मिस नेपाल एवं अभिनेत्री उषा खड्गी अब टेलिभिजन कार्यक्रम प्रस्तोताको रुपमा देखिने भएकी छन् । उनी न्युज २४ टेलिभिजनमा प्रसारण हुन लागेको कार्यक्रम ‘आमा ४’ मार्फत दर्शकमाझ आउन लागेकी हुन् ।

यो कार्यक्रममा आमाको आशीर्वाद र प्रेरणाको भूमिकालाई प्रसारण गरिन्छ । देश र समाजका लागि विभिन्न स्थानबाट योगदान दिने सन्तानहरु सधैं चर्चामा हुन्छन्, तर ती सन्तानलाई जन्म दिने आमा भने सधैं ओझेलमा पर्छन् । आमाहरुको आरोह अवरोहको कथा यो शोमा प्रसारण हुँदै आएको छ ।

यसअघिका तीन सिजनमा चर्चा पाएको ‘आमा’लाई उषा खड्गीले प्रस्तुत गर्ने भएपछि यसको चर्चा झनै चुलिने न्युज २४ टेलिभिजनको अपेक्षा छ । यो कार्यक्रमको पहिलो सिजन सविना कुँवर, दोस्रो सिजन गौरी मल्ल र तेस्रो सिजन सरिता लामिछानेले प्रस्तुत गरेका थिए ।

यो शोको लोकप्रियतालाई आफूले पनि निरन्तरता दिने उषाले बताएकी छन् ।



from Online Khabar https://ift.tt/32CrBRR

No comments:

Post a Comment