Sunday, December 5, 2021

फ्रेडको गोलमा युनाइटेड विजयी

२० मंसिर, काठमाडौं । प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडले आइतबार क्रिस्टल प्यालेसलाई १-० ले पराजित गरेको छ ।

घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा युनाइटेडका लागि फ्रेडले दोस्रो हाफमा निर्णायक गोल गरे । फ्रेडले ७७औं मिनेटमा मासोन ग्रीनउडको पासमा उत्कृष्ट गोल गरेका थिए ।

युनाइटेडका अन्तरिम प्रशिक्षक राल्फ राङनिकको जितबाट प्रशिक्षण यात्रा सुरु गरेका छन् ।

जितपछि १५ खेलबाट २४ अंक जोड्दै युनाइटेड छैटौं स्थानमा उक्लेको छ । क्रिस्टल प्यालेस १६ अंकसहित १२औं स्थानमा छ ।

यस्तै आइतबारै भएको खेलमा टोटनहम हट्सपरले नर्विच सिटीलाई ३-० ले पराजित गरेको छ । टोटनहमका लागि घरेलु मैदानमा लुकास माउरा, डेभिडसन सान्चेज र हेउन मिन सनले गोल गरे ।

जितपछि १५ खेलबाट २५ अंक जोड्दै टोटनहम पाँचौ स्थानमा उक्लेको छ । १० अंक मात्र रहेको नर्विच पुछारमा छ ।



from Online Khabar https://ift.tt/3doJtSs

No comments:

Post a Comment