Saturday, December 4, 2021

राप्रपामा लिङ्देनको अग्रता

१९ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको मत गणना अन्तिम चरणतिर पुगेको छ ।

अध्यक्ष पदको मत गणनाको पछिल्लो परिणामअनुसार राजेन्द्र लिङ्देनले अग्रता कायम राखेका छन् ।

नेता मोहन श्रेष्ठका अनुसार २९ सय मत गन्दा लिङ्देनले १३ सय ७१ र अध्यक्षका अर्का प्रत्यासी कमल थापाले १२ सय ५४ मत पाएका छन् ।

शनिबार अबेर रातिसम्म भएको मतदानमा ३८ सय ७३ मत खसेका थिए । बिहान ३ बजेबाट मत गणना शुरु भएको हो।



from Online Khabar https://ift.tt/31unw1Z

No comments:

Post a Comment