Tuesday, December 14, 2021

९९९ मत गन्दा शेखरलाई ४०१

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि भएको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवाले सुरुवाति अग्रता लिएका छन् ।

राष्ट्रिय सभागृहमा मतगणना चलिरहेको छ र ९९९ मत गन्दा देउवाले ५९० मत पाएका छन् भने शेखर कोइरालाले ४०१ मत पाएका छन् ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि भएको दोस्रो चरणको
मंगलबार भएको मतदानमा ४ हजार ५६२ महाधिवेशन प्रति।िनधिले मत हालेका छन् । यो पहिलो चरणमा भन्दा ११७ मत कम हो । कुल ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४ हजार ६६९ जनाले पहिलो चरणमा मतदान गरेका थिए । तर पाँचमध्ये कुनै पनि उम्मेदवारले बहुमत ल्याउन सकेन ।

सबभन्दा धेरै मत पाएका देउवाले २२५८ मत पाए भने शेखरले १७०२ मत पाएका थिए । प्रकाशमान सिंहले ३७१ मत पाउँदा विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाए ।

नेपाली कांग्रेसको विधानअनुसार दोस्रो चरणमा धेरै मत ल्याउने दुई उम्मेदवारबीच मात्र प्रतिस्पर्धा भयो । सिंह, निधि र गुरुङले भने देउवालाई नै समर्थन गरे ।

दोस्रो तरणमा सभापतिमा निर्वाचित हुन खसेको कुल मतको बहुमत अर्थात २२८२ मत चाहिन्छ ।

 



from Online Khabar https://ift.tt/3IMJwG5

No comments:

Post a Comment