Wednesday, December 15, 2021

झापामा बस र मोटरसाइकल ठोक्किंदा २ जनाको मृत्यु

१ पुस, बनियानी । झापाको कनकाई नगरपालिका-७ स्थित दुर्गापुरमा बस र मोटरसाइकल एकापसमा ठक्कर खाँदा बुधबार राति दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक इलामको रोङ गाउँपालिका-६ का ३३ वर्षीय सन्तोष राई र मोटरसाइकलमा पछाडि सवार सोही स्थानका करिब ३५/४० वर्षीय चन्द्रबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।

कनकाई-७ दुर्गापुरस्थित पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ७९३७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मे७प २८४६ नम्बरको मोटरसाइकल बुधबार राति एकापसमा ठक्कर खाएको उनले बताए ।

दुर्घटनाबाट गम्भीर घाइते उनीहरूलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल ल्याइएकामा उनीहरूको उपचारकै क्रममा मृत्यु भएको थियो ।

मृतकलाई अस्पतालमै राखिएको छ भने मोरसाइकल, बस र चालक इलाम चुलाचुली गाउँपालिका-२ का ३१ वर्षीय सरोज ढकाल प्रहरीको नियन्त्रणमा रहेका छन् ।



from Online Khabar https://ift.tt/3GJNo8Y

No comments:

Post a Comment