Saturday, December 11, 2021

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा चालकको मृत्यु, आठ जना गम्भीर घाइते

२६ मंसिर, काठमाडौं । सिन्धुपाल्चोकको बलेफी – ४ मा जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

बा २ ख ५६१४ नम्बरको बस दुर्घटना शनिबार राति नौ बजे दुर्घटना हुँदा चालक बलेफी-६ का राजु तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् । घाइतेहरूको खाडीचौर र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

बलेफी – ५ का सन्तोष भूजेलको बिहेको जन्ती लिएर बस काभ्रेको भुम्लु जाँदै थियो ।



from Online Khabar https://ift.tt/3IKVkbN

No comments:

Post a Comment