Sunday, December 12, 2021

मड्रिड डर्बीमा रियलको जित, बार्सिलोना बराबरीमा रोकियो

२७ मंसिर, काठमाडौं । स्पानिस ला लिगाअन्तर्गत आइतबार राति भएको मड्रिड डर्बीमा शीर्ष स्थानको रियलले एट्लेटिकोलाई २-० ले पराजित गरेको छ ।

घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलका लागि करिमब बेन्जामाले १६औं मार्को असेन्सिओले ५७औं मिनेटमा गोल गरे । दुवै गोलका लागि भिनिसियस जुनियरले असिस्ट गरे ।

जितपछि रियलले १७ खेलबाट ४२ अंक जोड्दै दोस्रो स्थानको सेभियासंग ६ अंक अग्रता बनाएको छ । एक खेल कम खेलेको सेभियाको ३६ अंक छ । एट्लेटिको मड्रिड भने १६ खेलबाट २९ अंकसहित चौथो स्थानमै छ। आइतबार भएको खेलमा सेभियाले एथ्लेटि विल्वाओलाई १-० ले पराजित गरेको थियो ।

यस्तै बार्सिलोनाले भने खराब प्रदर्शन जारी राख्दा ओसासुनासंग २-२ को बराबरीमा रोकिएको छ । ओसासुनाको मैदानमा बार्सिलोनाले दुई पटक अग्रता लिए पनि कायम राख्न सकेन र ओसासुनाले बराबरी गर्‍यो ।

बार्सिलोनाका लागि निको गोन्जालेज र अबदेसामाद एजालजोलीले गोल गरे । ओसासुनाका लागि डेभिड गार्सिया र एजेक्वेल अभिलाले गोल फर्काए । वैकल्पिक खेलाडी अभिलाले ८६औं मिनेटमा गोल गरेका थिए ।

बराबरीपछि बार्सिलोना १६ खेलबाट २४ अंक जोडेर आठौं स्थानमा छ । रियलभन्दा बार्सिलोना १८ अंकले पछाडि छ ।



from Online Khabar https://ift.tt/3GuuKBY

No comments:

Post a Comment