Saturday, March 12, 2022

नुहाउन गएका ३ बालबालिका भेरी नदीमा बेपत्ता

२९ फागुन, वीरेन्द्रनगर । भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन् । सुर्खेतको भेरिगङ्गा नगरपालिका-११ रामघाटस्थित भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका हुन् ।

शनिबार साँझ उनीहरू नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । स्थानीयका अनुसार बेपत्ता हुनेमा भेरीगङ्गा नगरपालिका-११ का १० वर्षीया गङ्गा खड्का, आठ वर्षीया कृष्णा सिजाली र १० वर्षीय दिनेश बुढा रहेका छन् ।

बेपत्ता बालबालिकाको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रामप्रसाद घर्तीले जानकारी दिए।



from Online Khabar https://ift.tt/MDfzl9u

No comments:

Post a Comment