Saturday, September 17, 2022

हेलम्बुमा हराएका शिक्षक भिरमा फेला परे, हेलिकोप्टरबाट उद्धार गरिंदै

२ असोज, काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं. १ स्थित छ्यादी खोलामा नुहाउने क्रममा क्रममा बेपत्ता भएका शिक्षक केशव सिवाकोटी जिवितै फेला परेका छन् । दोलखाको कालिन्चोक ३ स्थायी घर भएका सिवाकोटीलाई हेलिकोप्टरको सहयोगमा उद्धार गरिंदै छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता एवम् डिएसपी दक्षकुमार बस्नेतले शिक्षक सिवाकोटी ढुंगामा अड्किएको अवस्थामा फेला परेको र उनको उद्धारको लागि हेलिकोप्टर झिकाइएको जानकारी दिए । ‘ठाउँ अप्ठ्यारो भएकाले उद्धारका लागि हेलिकोप्टर नै प्रयोग गर्नुपर्ने देखियो, हामीले हेलिकोप्टर झिकाइसकेका छौं,’ बस्नेतले भने ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भिरबाट सिवाकोटीको आवाज आएको र उनको उद्धारको लागि जुटिसकेको जानकारी दिए । सिवाकोटी शनिबार पौडी खेल्ने क्रममा हराएका थिए ।



from Online Khabar https://ift.tt/u6LlsGm

No comments:

Post a Comment