Sunday, September 11, 2022

स्वस्तिमाको फोटोसुट बन्यो ट्रोल : एन्जेलिना जोलीको लुक्सबाट प्रभावित भएकै हो ?

काठमाडौं । आइतबार बेलुका सामाजिक संजालमा अभिनेत्री स्वस्तिमा खड्काको ‘एक्सन अवतार’ फोटो पोस्ट भयो । दुबै हातमा बन्दुकसहित उनी लडाकु स्टाइलमा देखिएकी छन् ।

स्वस्तिमाको उक्त तस्वीर आकर्षक र पावरफूल पनि छ । कुन उद्देश्यले खिचाइन् भन्ने खुलेको पनि छैन । ‘बी अ लेडी : दे सेड’ क्याप्सनसहित उनले फोटो पोस्ट गरेकी छन् ।

तर, फोटो सार्वजनिक भएसँगै स्वस्तिमा सामाजिक संजालमा ट्रोलको पात्र बनिन् । एन्जेलिना जोली अभिनित हलिउडको चर्चित एक्सन फिल्म ‘टम्ब रेइडर’बाट प्रभावित भएर स्वस्तिामाले फोटो खिचाएको भन्दै उनी ट्रोल बनिरहेकी छन् ।

कतिपयले एन्जेलिनाले स्वस्तिमाको स्टाइल कपी गरेको भन्दै व्यंग्य समेत गरेका छन् । कतिपयले हलिउडकै अर्को फिल्म ‘रेसिडेन्ट एभिल : एक्सटिङ्सन’बाट फोटो प्रभावित भएको बताइरहेका छन् ।

सम्भवतः म्यागजिनका लागि स्वस्तिमाले फोटोसुट गराएको अनुमान छ । इन्स्टाग्राममा उनले पवन जोशी, रोशन निरौला र वसन्त बुढालाई फोटो क्रेडिट पनि दिएकी छन् । कपि वा प्रभावित के हो, यो कुरा त खिच्नले नै जानून, यद्यपी, स्वस्तिमा ट्रोलको पात्र चाहिँ बनिरहेकी छन् ।



from Online Khabar https://ift.tt/HPlWq6j

No comments:

Post a Comment