Friday, September 23, 2022

पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध   

८ असोज, भरतपुर । पहिराका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ।

शुक्रबार राति १२ बजे भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

अहिले दुवैतर्फ सडक अवरुद्ध भएपछि बाटो जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । गन्तव्यमा हिँडेका सयौँ सवारी साधन र यात्रु बाटैमा रोकिएका छन् ।

यो वर्ष मात्रै सो सडकखण्डमा दर्जनौँ पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।



from Online Khabar https://ift.tt/O8XxvPb

No comments:

Post a Comment