Thursday, September 22, 2022

जाजरकोटमा नेकपा बहुमतका नेता पेस्तोल र ग्रिनेडसहित पक्राउ

७ असोज, जाजरकोट । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का एक जना नेता पेस्तोल र ग्रिनेडसहित पक्राउ परेका छन् ।

नेकपा (बहुमत) जाजरकोट जिल्ला सम्मेलन आयोजक कमिटीका सदस्य इन्द्रबहादुर शाही (नवीन) पाँच राउन्ड गोली भएको पेस्तोल र प्लास्टिक हेन्ड ग्रिनेडसहित पक्राउ परेका हुन् ।

जाजरकोटको नलगाड नगरपालिका- ६ सिर्केबाट पक्राउ परेका शाहीको साथबाट २ एमएम नौ राउन्ड, मेड इन युएसए लेखेको पेस्तोल, एच.जी.लट ४ लेखिएको तयारी अवस्थामा रहेको प्लास्टिक हेण्ड ग्रिनेड बरामद भएको जाजरकोट प्रहरी प्रमुख डिएसपी सन्तोषकुमार निरौलाले जानकारी दिए ।

नेकपा (बहुमत) का जिल्ला इन्चार्ज धमिल र जिल्ला संयोजक महानले भने विज्ञप्ति प्रकाशित गरी योजनाबद्ध ढंगले हतियार भिराएर शाहीलाई गिरफ्तार गरिएको आरोप लगाएका छन् ।

पक्राउ परेका नेता सिंहलाई विना सर्त रिहाइ गर्न नेकपा बहुमतले माग गरेको छ । 



from Online Khabar https://ift.tt/F4BnyTt

No comments:

Post a Comment