Tuesday, September 20, 2022

सत्तारुढ गठबन्धनको बैठक बस्दै, राष्ट्रपतिको कदमबारे पनि छलफल हुने

५ असोज, काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री निवास, बालुवाटारमा अहिले केहीबेरमा बस्ने बैठकमा नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे छलफल हुने नेताहरुले बताएका छन् ।

संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक संविधानअनुसार १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने हो । सभामुखले २० भदौमा पठाएका थिए । तर मंगलबार मध्यरातसम्म पनि विधेयक प्रमाणीकरण भएन ।

बैठकमा प्रतिनिधिसभाको सिट बाँडफाँटबारे पनि छलफल हुने छ ।



from Online Khabar https://ift.tt/QWX3tUu

No comments:

Post a Comment