Thursday, September 15, 2022

आठ महिनामा भ्रष्टाचारका एक लाख बीस हजार मुद्दा

३१ भदौ, हनोई । भियतनाममा गत आठ महिनामा मात्रै भ्रष्टाचारसम्बन्धी एक लाख २० हजारभन्दा बढी मुद्दा परेका छन् ।

भियतनामको संसदमा बिहीबार पेश गरिएको विवरणमा सन् २०२२ को अहिलेसम्ममा भ्रष्टाचारसम्बन्धी एक लाख २० हजार भन्दा बढी मुद्दा परेको उल्लेख गरिएको छ ।

सरकारले भ्रष्टाचारविरुद्ध आक्रमक रूपमा अभियान चलाइरहेकाले भ्रष्टाचारसम्बन्धी मुद्दा बढेको सरकारी अधिकारीहरूको भनाइ छ ।

‘हामीले यस वर्ष भ्रष्टाचारविरुद्ध सशक्त अभियान चलाएका छौँ, त्यसबाट धेरै सकारात्मक नतिजा पनि आएको छ,’ एक सरकारी अधिकारीले भने ।

दर्ता भएका मुद्दाको सङ्ख्या यति भए पनि भ्रष्टाचारका घटना भने यो भन्दा धेरै रहेको पनि अधिकारीहरुले अनुमान गरेका छन् ।

उनीहरुले भ्रष्टाचार विरुद्धको अभियानलाई अझ तीब्रताका साथ अगाडि बढाउने अठोट पनि व्यक्त गरेका छन् । सिन्ह्वा



from Online Khabar https://ift.tt/OAmV0C4

No comments:

Post a Comment