Wednesday, September 28, 2022

युक्रेनलाई थप एक अर्ब डलरको अत्याधुनिक हतियार दिँदै अमेरिका

१३ असोज, काठमाडौं । अमेरिकाले युक्रेनलाई थप एक अर्ब डलरको अत्याधुनिक हतियार दिने भएको छ । यसअघि अमेरिकाले युक्रेनलाई १५ अर्ब डलरको सैन्य सहायता दिइसकेको छ ।

१.१ अर्ब डलर बराबरको नयाँ सैन्य सहायतामा अत्याधुनिक हतियारहरू हुनेछन् । यसमा रकेट लन्चर र ड्रोन स्ट्राइक हतियारहरू हुनेछन् । युक्रेनका चार क्षेत्रमा जनमत संग्रह गराएर रुसमा समावेश गर्ने प्रक्रिया अगाडि बढाइएपछि युक्रेनी भूभागलाई रुसको कब्जाबाट जोगाउन यो सहयोग दिन लागेको पेन्टागनलाई उद्धृत गर्दै अरब न्यूजले खबर लेखेको छ ।

यसअघि अमेरिकी सेनाबाट सैन्य सहायता दिइँदै आएको भए पनि यसपटक संसदबाट अनुमोदन भएपछि हतियार उत्पादन गर्ने कम्पनीबाट सिधै खरिद गरिने बताइएको छ ।

अमेरिकी सहयोगको पछिल्लो संकेतपछि रुसले अमेरिकालाई चेतावनी दिएको छ । अमेरिकाले हतियार पठाएर युक्रेनमा भीषण द्वन्द्वको अवस्था सिर्जना गरिरहेको रुसले प्रतिक्रिया दिएको छ । रुसले थप सैन्य सहायतापछि अवस्था थप बिगार्ने र यसको जिम्मेवारी अमेरिकाले लिनुपर्ने टिप्पणी गरेको छ ।

नयाँ सैन्य सहायतामा भारी उपकरणको ढुवानीका लागि करिब १५० सवारी साधन, ४० ट्रक र ८० वटा ट्रेलर, मानवरहित हवाई प्रणाली ट्र्याक गर्ने २ रडार, २० बहु-मिसन रडारका साथै रणनीतिक सुरक्षित सञ्चार र निगरानी प्रणाली समावेश छ ।



from Online Khabar https://ift.tt/lpqtyjs

No comments:

Post a Comment