Tuesday, September 27, 2022

साबा महिला च्याम्पियनसिप : साविक विजेता श्रीलंकालाई नेपालले हरायो

१२ असोज, काठमाडौं । माल्दिभ्समा भइरहेको साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ ।

मंगलबार राति मालेमा भएको खेफमा नेपालले श्रीलंकालाई ५५-४९ ले पराजित गरेको हो ।

पहिलो खेलमा घरेलु टोली माल्दिभ्ससँग पराजित भएको नेपालले श्रीलंकालाई हराएर पहिलो अंक जोडेको हो ।

पहिलो खेलमा भुटानलाई हराएको श्रीलंकाको यो पहिलो हार हो ।

सन् २०१६ मा नेपालमा भएको पहिलो साबा च्याम्पियनसिपमा नेपाल श्रीलंकासँग पराजित हुँदै उपविजेता बनेको थियो ।

चार राष्ट्र सम्मिलित च्याम्पियनसिपमा नेपालले आज भुटानसँग आफ्नो अन्तिम खेल खेल्नेछ । खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ । आजै माल्दिभ्स र श्रीलंकाबीच पनि खेल हुनेछ।

फोटो : अधाधु स्पोर्ट्स



from Online Khabar https://ift.tt/ywKTIAo

No comments:

Post a Comment