Saturday, December 11, 2021

कामना, शान्ती र लक्ष्मी पहिलो पटक राष्ट्रिय टिममा, कृपा र मनिषाको पुनरागमन

२६ मंसिर, काठमाडौं । कामना विष्ट, शान्ती थारु र लक्ष्मी चन्द पहिलो पटक महिला राष्ट्रिय भलिबल टिममा परेमा छन् ।

बंगलादेशको ढाकामा यही डिसेम्बर एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यालेन्ज कपका लागि तीन खेलाडीले पहिलो पटक नेपाली महिला राष्ट्रिय टोलीमा स्थान बनाउँदा कृपा अधिकारी र मनिषा चौधरीले पुनरागमन गरेका छन् ।

कृपा र मनिषाले १२औं सागपछि टिममा पुनरागमन गरेका हुन् । यी दुई खेलाडी दुई वर्षअघि महिला टिमले सेन्ट्रल जोनको उपाधि जित्दा र १३औं सागमा रजत जित्दा टोलीमा थिएनन् ।

महिला टिमका मुख्य प्रशिक्षक जगदिश भट्टले सेन्ट्रल जोनका लागि नेपाल भलिबल संघ (एनभिए) लाई बुझाएको १२ सदस्यीय टोलीमा कामना, शान्ती र लक्ष्मी पहिलो पटक परेका हुन् ।

अहिले प्रशिक्षणमा रहेका १५ मध्ये  सरस्वती जैशी, निरुता ठगुन्ना र कबिता भट्ट टिममा पर्न सकेनन् । निरुताले सेन्ट्रल जोनमा डेब्यु गर्द‌ १३औं साग पनि खेलेका थिए।

राष्ट्रिय टिममा खेल्दै आएका रेश्मा भण्डारी, जानकी भण्डारी, पुनम चन्द र उषा विष्ट यसअघि नै बाहिरिसकेका छन् ।

१३औं साग खेल्दा नेपाली टिममा १४ जना खेलाडी थिए । त्यसमा रहेका ७ खेलाडी अहिले टिममा छैनन् । त्यो बेला खेल्दाका कप्तान अरुणा शाहीसहित, सरस्वती चौधरी, प्रतिभा माली, सलिना श्रेष्ठ, सुनिता खड्का, सफिया पुन र उषा भण्डारी टिममा निरन्ता पाएका छन् ।

सेन्ट्रल जोनमा खेल्ने १२ जनाले ९ जनाले राष्ट्रिय टिमबाट खेलिसकेका छन् भने ३ जना नयाँ छन् ।

प्रशिक्षक श्रेष्ठले कृपा र मनिषाले राम्रो प्रदर्शन गर्दै पुनरागमन गरेको र नयाँ तीन खेलाडीको प्रदर्शन पनि राम्रो रहेको बताए ।

महिला र पुरुषको सेन्ट्रल जोन च्यालेन्ज कप बंगलादेशमा डिसेम्बर २१ देखि २९ सम्म आयोजना हुनेछ ।

छनोट भएका १२ खेलाडी

प्रतिभा माली, सरस्वती चौधरी,शान्ति थारु,उषा भण्डारी, सफिया पुन,सुनिता खड्का, मनिषा चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, सलिना श्रेष्ठ, अरुणा शाही, कृपा अधिकारी



from Online Khabar https://ift.tt/3GArTHz

No comments:

Post a Comment