Saturday, December 11, 2021

प्रिमियर लिगमा पाँचवटै प्रमुख क्लब वियजी

२६ मंसिर,काठमाडौं । प्रिमियर लिगमा ठूला क्लबहरु म्यानचेष्टर सिटी, लिभरपुल, चेल्सी, म्यानचेष्टर युनाइटेड र आर्सनलले एकै दिन जित हात पारेका छन् । जितपछि यी क्लबहरु शीर्ष ६ भित्र रहेका छन् ।

सिटीले घरेलु मैदानमा वल्भ्सलाई १-० ले पराजित गर्दै शीर्ष स्थानमा कायमै रहेको छ । सिटीका रहिम स्ट्रलिङले एक मात्र गोल गरे ।

यस्तै लिभरपुलले एस्टन भिल्लालाई १-० ले नै हरायो । लिभरपुलका लागि मोहम्मद सालाहले निर्णायक गोल गरे ।

अर्को रोमाञ्चक खेलमा चेल्सीले पुनरागमन गर्दै लिड्स युनाइटेडलाई ३-२ ले हरायो । चेल्सीका लागि जर्गिन्होले दुई पेनाल्टी गोल गरे । यस्तै माउन माउन्टले एक गोल गरे ।

जितपछि सिटी, लिभरपुल र चेल्सी क्रमश शीर्ष स्थानमा यथावत छन् । १६ खेलपछि सिटीको ३८ अंक भएको छ भने लिभरपुलको ३७ र चेल्सीको ३६ अंक छ ।

अर्को खेलमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टी गोल मद्दतमा म्यानचेष्टर युनाइटेडले नर्विचलाई १-० ले हरायो ।

जितपछि युनाइटेड १६ खेलबाट २७ अंक जोडेर पाँचौ स्थानमा छ । एक खेल कम खेलेको वेष्टहमको पनि २७ अंक रहेपनि गोलअन्तरमा युनाइटेडभन्दा अघि छ ।

यसैगरी आर्सनलले साउथह्यम्पटनलाई ३-० ले सहजै हरायो । आर्सनलका लागि अलेक्जान्डर लाकाजेटले, मार्टिन ओडेगार्ड र गाब्रीएलले गोल गरे । आर्सनल २६ अंकसहित छैटौं स्थानमा छ ।

 



from Online Khabar https://ift.tt/3oKEP7G

No comments:

Post a Comment