Tuesday, December 14, 2021

करिव आधा मतगणना सकिँदा देउवा सहज अवस्थामा

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि भएको दोस्रो चरणको निर्वाचनको करिव आधा मत गणना सकिएको छ । सुरुदेखि नै अग्रता लिएका देउवा सहज अवस्थामा देखिएका छन् ।

२२०० मत गणना सकिँदा देउवाले १३०३ मत पाएका छन् । राष्ट्रिय सभागृहमा चलिरहेको मतगणनामा शेखर कोइरालाले भने ८५३ मत पाएका छन् ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि मंगलबार भएको दोस्रो चरणको मतदानमा ४ हजार ५६२ महाधिवेशन प्रतिनिधिले मत हालेका छन् । यो पहिलो चरणमा भन्दा ११७ मत कम हो । कुल ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४ हजार ६६९ जनाले पहिलो चरणमा मतदान गरेका थिए । तर पाँचमध्ये कुनै पनि उम्मेदवारले बहुमत ल्याउन सकेन ।

सबभन्दा धेरै मत पाएका देउवाले २२५८ मत पाए भने शेखरले १७०२ मत पाएका थिए । प्रकाशमान सिंहले ३७१ मत पाउँदा विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाए ।

नेपाली कांग्रेसको विधानअनुसार दोस्रो चरणमा धेरै मत ल्याउने दुई उम्मेदवारबीच मात्र प्रतिस्पर्धा भयो । सिंह, निधि र गुरुङले भने देउवालाई नै समर्थन गरे ।

दोस्रो तरणमा सभापतिमा निर्वाचित हुन खसेको कुल मतको बहुमत अर्थात २२८२ मत चाहिन्छ ।

 



from Online Khabar https://ift.tt/3oU7APv

No comments:

Post a Comment