२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि भएको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवाले अग्रता बढाएका छन् ।
२९६३ मत गणना सकिँदा देउवाले १७८८ मत पाएका छन् । राष्ट्रिय सभागृहमा चलिरहेको मतगणनामा शेखर कोइरालाले भने ११५१ मत पाएका छन् ।
पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि मंगलबार भएको दोस्रो चरणको मतदानमा ४ हजार ५६२ महाधिवेशन प्रतिनिधिले मत हालेका छन् । यो पहिलो चरणमा भन्दा ११७ मत कम हो । कुल ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४ हजार ६६९ जनाले पहिलो चरणमा मतदान गरेका थिए । तर पाँचमध्ये कुनै पनि उम्मेदवारले बहुमत ल्याउन सकेन ।
सबभन्दा धेरै मत पाएका देउवाले २२५८ मत पाए भने शेखरले १७०२ मत पाएका थिए । प्रकाशमान सिंहले ३७१ मत पाउँदा विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाए ।
नेपाली कांग्रेसको विधानअनुसार दोस्रो चरणमा धेरै मत ल्याउने दुई उम्मेदवारबीच मात्र प्रतिस्पर्धा भयो । सिंह, निधि र गुरुङले भने देउवालाई नै समर्थन गरे ।
दोस्रो तरणमा सभापतिमा निर्वाचित हुन खसेको कुल मतको बहुमत अर्थात २२८२ मत चाहिन्छ ।
from Online Khabar https://ift.tt/3dPedMH
No comments:
Post a Comment