Tuesday, February 1, 2022

मौलिक चाडपर्वको संरक्षण गर्नु सबैको दायित्व : सभामुख

१९ माघ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सामुदायिक एकत्व, आपसी हित, भ्रातृत्व र सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता बढाउन नेपालका चाड पर्वले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

तामाङ समुदायको नयाँ वर्ष २८५८ एवं सोनाम ल्होछारको अवसरमा शुभकामना सन्देश दिँदै उनले भिन्न–भिन्न जात जातिले मनाउने पहिचानसहितका मौलिक चाडपर्वको संरक्षण र संवर्द्धन गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरेका छन् ।

तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने सोनाम ल्होसारको आफ्नै विशेषता र महत्व रहेको तथा चन्द्र पात्रोमा आधारित यो नयाँ वर्षसँगै आजदेखि बाघ वर्ष सुरु भएको छ ।

सभामुख सापकोटाले कोरोना भाइरसको महामारी कायम रहेकाले चाड पर्व मनाउँदा उच्च स्वास्थ्य सतर्कता अपनाउन सबैमा अपिल गरेका छन् । उनले यस पर्वले शान्ति, मित्रता, सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

ल्होछारको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र राजनीतिक दलका नेताहरुले पनि शुभकामना सन्देश दिएका छन् ।



from Online Khabar https://ift.tt/nv1FAD8qe

No comments:

Post a Comment