Tuesday, February 8, 2022

धापासीमा कारको ठक्करबाट बालकको मृत्यु

२६ माघ, काठमाडौं । काठमाडौंको धापासीमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय तीन वर्षीय श्रीयन पाण्डे रहेका छन् ।

उनलाई मंगलबार बेलुकी सवा ८ बजे बा १७ च ५०२२ नम्बरको कारले ठक्कर दिएको थियो ।

कारको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका क्रममा राति साढे ९ बजे धापासीस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कारसहित चालकलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको छ ।



from Online Khabar https://ift.tt/SRE8UAw

No comments:

Post a Comment