Tuesday, April 5, 2022

लखनखेलबाट घुससहित समातिए चावाहिल नापीका कर्मचारी

२२ चैत, काठमाडौं । नापी कार्यालय चावाहिलका २ कर्मचारीहरु एक लाख घुससहित लगनखेलबाट समातिएका छन् । नापी कार्यालय चावाहिलका सर्भेक्षक विनोद केसी र अमिन प्रकाशराज भट्टराई मंगलबार साझ अख्तियारको टोलिले लखनखेलको सडकबाटै गिरफ्तार गरेको हो ।

अख्तियार श्रोतले दिएको जानकारी अनुसार बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर ३मा रहेको १२ आना जग्गा हाल साविक गर्नका लागि भन्दै उनीहरुले घुस लिएका थिए । घुस रकम लिएर बुढानिलकण्ठबाट निवासतर्फ गइरहेको बेला ललितपुरको लखनखेलको सडक किनाराबाट दुबे जनालाई १ लाख नगदसहित नियन्त्रणमा लिइएको अख्तियारले बताएको छ ।



from Online Khabar https://ift.tt/iyQM8lt

No comments:

Post a Comment