Thursday, April 7, 2022

बार्सिलोना बराबरीमा रोकियो

२५ चैत, काठमाडौं । युरोपा लिग फुटबलको क्वाटरफाइनल पहिलो लेगमा स्पानिस क्लब बार्सिलोना जर्मन क्लब एनट्राट फ्रान्कफुर्टसँग १-१ को बराबरीमा रोकिएको छ । फेरान टोरेसले दोस्रो हाफमा बार्सिलोनाका लागि बराबरी गोल फर्काएका थिए ।

घरेलु मैदानमा फ्रान्कफुटले दोस्रो हाफमा सुरुमा पहिले अग्रता लियो । खेलको ४८ औं मिनेटमा एन्स्गर नौफले गोल गर्दै फ्रान्कफुर्टलाई अग्रता दिलाएका थिए । तर अग्रता लामो समय भने रहेन र ६६ औं मिनेटमा टोरेसले बार्सिलोनाका लागि गोल गरे ।

७८ औं मिनेटमा टुटाले रातो कार्ड पाएपछि फ्रान्कफुर्ट १० खेलाडीमा समेटिएको थियो ।

अब बार्सिलोना र फ्रान्कफुर्टबीचको दोस्रो लेग अप्रिल १५ मा बार्सिलोनाको मैदानमा हुनेछ ।

पहिलो लेगकै अन्य खेलमा जर्मन क्लब आरबी लाइपजिग र इटालियन क्लब एटलान्टा तथा इंग्लिस क्लब वेष्टह्याम र फ्रेन्च क्लब लियोनले समान १-१ को बराबरी खेलेका छन् । यस्तै ब्रागाले रेन्जर्सलाई १-० ले हरायो ।



from Online Khabar https://ift.tt/DYecfFP

No comments:

Post a Comment