Tuesday, May 3, 2022

लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा

२१ वैशाख, काठमाडौं । इंग्लिस क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । स्पानिस क्लब भियारियलको जबरजस्त पुनरागमन प्रयासलाई रोक्दै लिभरपुलले फाइनलमा स्थान पक्का गरेको हो ।

बुधबार भियारियलको मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा लिभरपुलले दोस्रो हाफमा तीन गोल गर्दै खेल ३-२ ले जित्यो । पहिलो लेगको खेल २-० ले सहजै आफ्नो पक्षमा पारेको लिभरपुलले समग्रमा ५-२ ले नतिजा आफ्नो पक्षमा पारेको हो ।

घरेलु मैदानमा बोउलाए डियाले तेस्रो र फ्रान्सिस कोक्विलिन ४१औं मिनेटमा गोल गरेपछि भियारियलले पहिले हाफमा दुई गोलको अग्रता लिंदै स्कोर २-२ को अवस्थामा पुर्‍याएको थियो ।

यस्तोमा भियारियलले लिभरपुललाई स्तब्ध पार्ने संकेत देखिएको थियो । तर दोस्रो हाफमा लिभरपुलले शानदार कमब्याक गर्‍यो ।

लिभरपुलका लागि फाबिन्होले ६२औं, लुइस डियाजले ६७औं र साडियो मानेले ७४औं मिनेटमा गोल गरेपछि लिभरपुलले १२ मिनेटमै तीन गोल फर्कायो ।

खेलको ८५औं मिनेटमा भियारियलका कापाउ इट्टिनेले रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि स्पानिस क्लब १० लाडीमा सिमित भएको थियो ।

पछिल्लो पाँच वर्षमा लिभरपुल च्याम्पियन्स लिगको फाइनल पुगेको यो तेस्रो पटक हो । अब लिभरपुलले अर्को इंग्लिस क्लब म्यानचेष्टर सिटी र स्पानिस क्लब रियल मड्रिडबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ ।

सिटी र रियल मड्रिड बुधबार राति रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा खेल्दैछन् । पहिलो लेग सिटीले ४–३ ले जितेको थियो ।



from Online Khabar https://ift.tt/QDR4isS

No comments:

Post a Comment