Thursday, May 19, 2022

काठमाडौंको कागेश्वरी मनोहरामा कांग्रेसका कार्की बने मेयर र एमालेकी थापा उपमेयर

६ जेठ, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

नगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्र कार्की र उपप्रमुखमा एमालेकी शान्ता थापा विजयी भएका हुन् ।

कार्की ११ हजार ३२२ मतसहित नगरप्रमुख चुनिंदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामशरण ढुंगानाले ८ हजार २६३ मत पाए ।

नेकपा एकीकृत समाजवादीका कृष्णहरी थापाको पक्षमा ३ हजार ५५६ र राप्रपाका राजु फुयालको पक्षमा १ हजार ४१८ मत पर्यो ।

यसैगरी नगर उपप्रमुखमा नेकपा एमालेकी शान्ता थापा ९ हजार ८७५ मतसहित विजयी भइन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका भोला चापागाईंलाई ४ हजार ४५३ मत अन्तरे हराइन् । चापागाईंले ५ हजार ४२२ मत मात्र प्राप्त गरे ।

नेकपा एकीकृत समाजवादीकी सरस्वती नेपालले २ हजार ६९३ र राप्रपाकी सरीता बजगाई चापागाईले २ हजार २५८ मत पाइन् ।



from Online Khabar https://ift.tt/NJA7saj

No comments:

Post a Comment