Saturday, May 14, 2022

धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै

३१ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन् । शनिबार राति १० बजेसम्म कुल गणना भएको १३५३ मतमध्ये हमालले ६१८ मतका साथ अग्रता कायम राखेका छन् ।

उनलाई सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडले पछयाइरहेका छन् । वडले ३९८ मत पाएका छन् भने नेकपा एमालेका मेयर पदका उम्मेदवार रणबहादुर चन्दले ५३ मत मात्रै प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपमेयरमा भने सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार शान्ति अधिकारीले अग्रता लिएकी छन् । उनलाई स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले पछ्याइरहेका छन् । तर उपमेयरको पछिल्लो मतपरिणाम भने सार्वजनिक गरिएको छैन ।



from Online Khabar https://ift.tt/igVOP1F

No comments:

Post a Comment