Sunday, May 15, 2022

भोजपुरको आमचोक गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

२ जेठ, काठमाडौं । भोजपुरको आमचोक गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका अशोक राई ३ हजार ६८५ मत सहित अध्यक्ष पदमा पुनः विजयी भए । नेकपा एमालेका बसन्त राई ३ हजार २५८ मत ल्याएर अध्यक्षमा पराजित भए ।

उपाध्यक्षमा माओवादीकै सिता राई ३ हजार ५९१ मतसहित विजयी भइन् । नेपाली कांग्रेसका छिरिङ शेर्पा ३ हजार १८० मतसहित पराजित भए ।

यो गाउँपालिकमा कांग्रेस र एमालले गठबन्धन गरेका थिए । तर, अध्यक्ष र उपाध्इष दुबैमा माओवादी केन्द्रले बाजी मार्‍यो । निर्वाचित दुबै जना यसअघि पनि गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष थिए ।



from Online Khabar https://ift.tt/zCRJpH1

No comments:

Post a Comment