Friday, May 13, 2022

मोरङको ६ पालिकामा मतगणना सुरु

३१ वैशाख, विराटनगर । मोरङका ६ वटा पालिकामा मतगणना सुरु ‍भएको छ । महानगरपालिकासहित १७ पालिका रहेको मोरङका ६ पालिकामा मतगणना सुरु भएको हो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार ८ धापालथान, ग्रामथान, कानेपोखरी, जहदा, कटहरी र मिक्फाजुङमा मतगणना सुरू भएको हो ।

विराटनगर महानगरसहित केही पालिकामा शनिबारबाट मतगणना हुनेछ । शुक्रबार राति बसेको सर्वदलीय बैठकले महानगरकोमतगणना शनिबार विहान ८ बजेबाट गर्ने निर्णय गरेको थियो ।



from Online Khabar https://ift.tt/KRrUa2s

No comments:

Post a Comment