Saturday, May 14, 2022

पोखरामा आचार्यलाई झिनो मतको अग्रता

३१ वैशाख, पोखरा । पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले झिनो अन्तरको अग्रता कायम राखेका छन् । शनिबार रातिसम्म ३०० मत गणना हुँदा आचार्यले ११६ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले १०८ मत पाएका छन् ।

राप्रपा उम्मेदवार शंकर प्रसाद खरालले १९ र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ५ मत पाएका छन् ।

उप्रमुखमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १२४ मत र नेकपा एमालेकी मञ्जुदेवी गुरुङले ११९ मत पाएकी छन् । अहिले पोखरा पोखरा महानगरको वडा नम्बर १, २ र १२ को मतगणना भइरहेको छ ।

पोखरामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले तालमेल गरेका छन् ।



from Online Khabar https://ift.tt/IY5sba0

No comments:

Post a Comment