Tuesday, May 17, 2022

भरतपुरको मेयरमा रेनुलाई ८४८ मतको अग्रता

४ जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । मंगलबार रातिसम्म २३ हजार ६८५ मत गणना हुँदा उनले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले भन्दा ८४८ मत बढी ल्याएकी छन् ।

दाहालले आठ हजार ३१६ मत पाउँदा सुवेदीले सात हजार ४६८ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ अधिकारीले तीन हजार ८७६ मत पाएका छन् ।

चितवनमा दाहाललाई नेपाली कांग्रेससहित सत्तारुढ दलको पनि समर्थन छ । त्यस्तै नेकपा एमालेका उम्मेदवार सुवेदीलाई राप्रपाको समर्थन छ ।

उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङले भन्दा तीन हजार ८२८ मत बढी ल्याएका छन् । अधिकारीले नौ हजार ९८४ ल्याएका छन् भने गुरुङले  ६ हजार १५६ मत पाएकी छन् ।



from Online Khabar https://ift.tt/PZJiVvD

No comments:

Post a Comment