Wednesday, May 18, 2022

सिद्धार्थनगरको मेयरमा कांग्रेसका खान निर्वाचित

४ जेठ, रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका इस्तियाक अहमद खान निर्वाचित भएका छन् ।

नौ हजार १३४ मत ल्याएर निर्वाचित भएका उनले राप्रपाका सागर प्रताप राणालाई करिब एक हजार मतले पराजित गरे । राणाले आठ हजार १३७ मत पाए ।

त्यस्तै नेकपा एमालेका डा. रामप्रसाद बस्यालले सात हजार ३०५ मत पाएका छन् ।

त्यस्तै उपमेयरमा नेकपा एमालेकी उमा अधिकारी निर्वाचित भएकी छन् । आठ हजार ८१३ मत पाएकी उनले राप्रपाकी विनिता गुप्तालाई पछि पारिन् ।

गुप्ताले ६ हजार ५४४ मत पाएकी छन् भने तेस्रो स्थानमा रहेकी नेकपा माओवादी केन्द्रकी कमला थापाले चार हजार ५९२ मत पाइन् ।



from Online Khabar https://ift.tt/ZDI3fp9

No comments:

Post a Comment