Monday, May 16, 2022

बैतडीको सुर्नयाको अध्यक्षमा एमालेका कुँवर निर्वाचित

२ जेठ, बैतडी । बैतडीको सुर्नया गाउँपलिकाको अध्यक्षमा एमालेका अम्मर कुँवर निर्वाचित भएका छन् ।

कुँवरले नेकपा एकीकृत समाजवादीका नरेन्द्र विष्टलाई २६ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । कुवँरले २३५० मत ल्याए भने विष्टले २३२४ मत ल्याए ।

उपाध्यक्षमा भने नेपाली कांग्रेसकी मञ्जु बोहरा निर्वाचित भएकी छन् । उनले २१३२ मत पाएकी छन् भने उनका प्रतिस्पर्धी राप्रपाका देवबहादुर चन्दले १९४१ मत ल्याए ।

सुर्नयामा नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रबीच तथा एमाले र राप्रपाबीच चुनावी तालमेल भएको थियो । नेपाली कांग्रेस एक्लै चुनावी मैदानमा थियो ।



from Online Khabar https://ift.tt/E6h9iLY

No comments:

Post a Comment