Wednesday, May 18, 2022

शुक्लाफाँटाका २ उम्मेदवारले एक भोट पनि पाएनन्

५ जेठ, महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा वडा अध्यक्षका उम्मेदवारहरुले एक मत पनि नपाएको भेटिएको छ ।

वडा नं. ७ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका रामबहादुर ठगुन्ना र हरकसिंह ठगुन्नाले एक मत पनि नपाएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार दुबै जनाको मत शून्य छ ।

यसबाट ती उम्मेदवारहरुले आफूले आफैंलाई पनि भोट नदिएको वा दिएको भोट पनि बदर भएको हुनसक्ने अनुमान गर्न सकिन्छ ।

रामबहादुरले खरायो र हरकसिंहले कुखुरा चुनाव चिह्न पाएका थिए ।

वडा नं. ७ मा नेकपा एमालेका प्रतापसिंह धामी ७ सय २८ मत ल्याउँदै वडा अध्यक्षमा निर्वाचित भएका छन् ।



from Online Khabar https://ift.tt/0ZRTJ3K

No comments:

Post a Comment