Monday, May 16, 2022

आठराई त्रिवेणी गाउँपालिकामा एमाले उम्मेदवार निर्वाचित

२ जेठ, काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार दिपेन्द्र पोमु निर्वाचित भएका छन् ।

पोमु ३ हजार ३६ मत ल्याएर निर्वाचित हुँदा उनका निकटम प्रतिद्वन्द्वी विश्वनाथ सिटौलाले २ हजार ५२६ मत ल्याए । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नरेन्द्र आङवुहाङले २७ र राष्ट्रिय जनमुक्ति पार्टीका यामकुमार आङवुहाङले १८ मत ल्याए ।

उपाध्यक्षमा पनि एमालेकै उम्मेदवार सान्ताकुमारी आङबुहाङ २ हजार ८१९ मतसहित निर्वाचित भइन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका प्रजीन हाङवाङले २४१२ मत ल्याए ।



from Online Khabar https://ift.tt/NAKy78S

No comments:

Post a Comment