Thursday, May 12, 2022

काठमाडौं महानगरका पूर्ववडाध्यक्ष चन्द्रानन्द नेवाको निधन

२९ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व वडाध्यक्ष चन्द्रानन्द नेवाको आज निधन भएको छ । बुधबार राति नेवाको घरमै निधन भएको काठमाडौं महानगरपालिकाको आधिकारिक समाचार पोर्टलले जानकारी दिएको छ । ।

विसं. १९८९ मा जन्मिएका नेवाले २०१९ सालदेखि २०५९ सालसम्म काठमाडौं महानगरमा जनप्रतिनिधिका रुपमा काम गरेका थिए ।

खुट्टा दुख्ने र रक्तचापको समस्या भएपछि पछिल्लो समय उनी अस्वस्थ थिए ।

स्वतन्त्र बाम उम्मेद्वारका रुपमा उनी २०१९ सालमा स्थानीय निर्वाचनबाट वडा सदस्य निर्वाचित हुँदा अहिलेको वडा नम्बर १८ त्यसबेला वडा नम्बर १२ थियो । त्यसपछि उपप्रधानपञ्च हुँदै २०३२ सालको निर्वाचनबाट प्रधानपञ्च चुनिएका थिए ।

उनी पटक-पटकका निर्वाचनमा कहिले वडा सदस्य त हलिे वडा अध्यक्ष चुनिएका थिए । २०१९ सालदेखि २०५४ सालसम्म भएकास्थानीय निर्वाचनमा उनले जित हासिल गरेका थिए ।



from Online Khabar https://ift.tt/a1v79mb

No comments:

Post a Comment