Wednesday, May 18, 2022

बर्दियाको बढैयाताल गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमाले विजयी

५ जेठ, बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार हिमालय त्रिपाठी र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार लक्ष्मी अधिकारी निर्वाचित भएका छन् ।

माओवादीका त्रिपाठी ९ हजार ३६७ मतसहित अध्यक्षमा निर्वाचित हुँदा नेकपा एमालेका उम्मेदवार लालबहादुर श्रेष्ठले ८ हजार ३०८ मत पाए । नेपाली कांग्रेसका उम्मेदवार भगतबहादुर नेपाली ६ हजार ५५० मत पाए ।

उपाध्यक्षमा नेकपा एमालेकी लक्ष्मी अधिकारी विजयी भइन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी पवित्रा अर्याललाई ५७० मत अन्तरले हराइन् । एमालेकी अधिकारीले ८ हजार ८८५ र नेपाली कांग्रेसकी अर्यालले ८ हजार ३१५ मत पाइन् । माओवादी केन्द्रकी कमला  गुरुङ ६ हजार ७०२ मतसहित तेस्रो स्थानमा रहिन् ।



from Online Khabar https://ift.tt/0cfQPxX

No comments:

Post a Comment