Wednesday, May 18, 2022

गोरखा नगरपालिकाको मेयरमा माओवादीका कृष्णबहादुर राना विजयी

५ जेठ, काठमाडौं । गोरखाको गोरखा नगरपालिकाको मेयरमा माओवादी केन्द्रका कृष्णबहादुर राना विजयी भएका छन् ।

यसअघिको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले जितेको नगरपालिकाको नेतृत्व माओवादीले जनाता समाजवादीसँग मिलेर खोसेको हो ।

माओवादीका रानाले १८५६ मतान्तरले कांग्रेसका उम्मेदवार राजनराज पन्तलाई पराजित गरेका छन् । रानाले ८९६४ मत ल्याएर विजयी हुँदा पन्तले ७१०८ मतमात्रै ल्याए । तेस्रो भएको एमालेका सम्झना देवकोटाले ४९०९ मत पाइन् । यहाँ राप्रपाका रुद्रराज पाण्डेले ४१३ मत पाएका छन् ।

उपमेयरमा भने नेपाली कांग्रेसकी मसलीमाया थोकर पुन विजयी भएकी छन् । उनले गठबन्धनकी उम्मेदवार जनता समाजवादीका नारायण खत्रीलाई पराजित गरेकी हुन् ।

मसलीले ७४५३ मत ल्याएर विजयी हुँदा खत्रीले ६७१८ मत पाए । तेस्रो भएको एमालेका देवीबहादुर बस्नेतले ४९३४ मत ल्याएका छन् । राप्रपाकी सम्झना लामिछानेले २७३ मत पाइन् ।

स्थानीय तहको गत चुनावमा गोरखाका दुवै नगरपालिका कांग्रेसले जितेको थियो । यसपटक दुवै माओवादीले जितेको छ । पालुङटारमा पनि माओवादी विजयी भइसकेको छ ।



from Online Khabar https://ift.tt/SZ3N82X

No comments:

Post a Comment