Thursday, May 19, 2022

गोरखाको चुमनुव्री गाउँपालिकामा माओवादी विजयी

६ जेठ, गोरखा । गोरखाको चुमनुव्री गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा निमा लामा र उपाध्यक्षमा लक्ष्मी गुरुङ निर्वाचित भएका हुन् ।

लामाले १ हजार ६२४ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसका धन बहादुर गुरुङले १ हजार ३११ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा निर्वाचित माओवादीकी गुरुङले १ हजार ५६५ मत ल्याइन् भने उनकी प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसकी मेतोक छोकी लामाले १ हजार ३०७ मत ल्याएकी छन् ।

सात वटा वडा रहेको उक्त गाउँपालिकामा पाँच वडा नेपाली कांग्रेस र दुई वडा माओवादीले जितेको हो । वडा नम्वर १, २, ४, ५, ७ मा कांग्रेस र ३ र ६ मा माओवादीका उम्मेदवार विजयी भएका छन् । वडा नम्वर ६ को अध्यक्षमा माओवादी केन्द्रका सरोज लामा सर्वसम्मत भएका थिए ।



from Online Khabar https://ift.tt/UX1SWz8

No comments:

Post a Comment