Monday, May 16, 2022

फाल्गुनन्दमा कांग्रेसले फर्कायो विरासत, अध्यक्षमा बृजहाङ आङदेम्बे निर्वाचित

२ जेठ, पाँचथर । फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बृजहाङ आङदेम्बे निर्वाचित भएका छन् ।

आङदेम्बे पाँच हजार ७३९ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी वीरबहादुर कुरुम्बाङले चार हजार ६४३ मत मात्र प्राप्त गरे ।

तत्कालीन फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको निधन भए पछि २०७६ मा भएको उपनिर्वाचनमा बृजहाङ आङदेम्बे वीरबहादुर कुरुम्बाङसंग पराजित भएका थिए ।

उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका ठाकुरसिं नेम्वाङ विजयी भएका छन् । नेम्वाङले जनता समाजवादी पार्टीकी बबिता नेम्बाङलाई पराजित गरे ।

ठाकुरले पाँच हजार १०१ मत प्राप्त गरे भने बबिताले चार हजार ४४३ मत मात्र प्राप्त गरिन् ।



from Online Khabar https://ift.tt/domspzK

No comments:

Post a Comment