Monday, May 16, 2022

कुशे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

२ जेठ, जाजरकोट । जाजरकोटको कुशे गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार हरिचन्द्र बस्नेत निर्वाचित भएका छन् ।

एकीकृत समाजवादीका तप्तबहादुर हमाललाई पराजित गर्दै बस्नेत निर्वाचित भएका हुन् । बस्नेतले तीन हजार ४२३ मत प्राप्त गर्दा हमालले तीन हजार १८२ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकै देविका सिंह निर्वाचित भएकी छन् ।

उनले तीन हजार ५८७ मत प्राप्त गरेकी छन् । उनका प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका विकास रोकाय दुई हजार ९१८ मत प्राप्त गरेका छन् ।



from Online Khabar https://ift.tt/NMvwLtE

No comments:

Post a Comment