Sunday, September 4, 2022

५ विकेटको रोमाञ्चक जितसहित पाकिस्तानले लियो भारतसँग बदला

२० भदौ, काठमाडौं । एसिया कप क्रिकेटको सुपर चारको खेलमा पाकिस्तानले भारतसँग बदला लिएको छ ।

समूह चरणमा भारसँग पराजित भएको पाकिस्तानले सुपर चारमा भने रोमाञ्चक जित निकाल्दै बदला लिएको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आइतबार राति भएको खेलमा पाकिस्तानले भारतमाथि पाँच विकेटको रोमाञ्चक जित हासिल गर्‍यो ।

१९.४ ओभरको खेल सकिंदा पाकिस्तानलाई जितका लागि २ रन चाहिएको थियो अर्थात २ बमा २ रन आवश्यक थियो । र, पाकिस्तानले एक बल बाँकी हुँदै १९.५ ओभरमै लक्ष्य भेटायो ।

१८२ रनको लक्ष्य पाएको पाकिस्तानले एक बल बाँकी हुँदै पूरा गरेको हो ।पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवानले सर्वाधिक ७१ रन बनाए । मोहमद नवाजले ४२ रन र फकर जमानले १५, कप्तान बाबर आजम १४, आसिफ अलीले १६ र खुस्दिल शाहले अविजित रहँदै १४ रन बनाए।

भारतका भुवनेश्वर कुमार, हार्दिक पाण्डय, अश्रदिप सिह, रवि विश्नोइ र युजभेन्द्र चाहलले एक/एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ७ विकेट गुमाएर १८१ रन बनाएको थियो।

भारतका लागि विराट कोहलीले ६० रन, कप्तान रोहित शर्मा र केएल राहुलले समान २८/२८, दीपक होडा १६, ऋषव पन्त १४ र सूर्यकुमार यादवले १३ रन बनाए ।

हार्दिक पाण्डय सुन्य रनमा आउट भए भने रवि विश्नोइ  ८ रनमा अविजित रहदा भुवनेश्वर कुमारले रन नबनाई अविजित रहे ।पाकिस्तानका शादब खानले २ विकेट लिए । निसम शाह, मोहमद हसनेन, हरिस राउफ र मोहमद नवाजले एक/एक विकेट लिए ।

जितपछि चार टिम सम्मिलित सुपर फोरमा पाकिस्तानले २ अंक जोडेको छ ।


from Online Khabar https://ift.tt/20V4aIG

No comments:

Post a Comment