Sunday, April 16, 2023

बिस्केट जात्राका अवसरमा टोखामा आज सार्वजनिक बिदा

४ वैशाख, काठमाडौं । टोखा नगरपालिकाले बिस्केट जात्राका अवसर पारेर सोमबार सार्वजनिक बिदा दिने भएको छ ।

टोखा नगरपालिकाको दशौं कार्यपालिकाको बैठकले हरेक वर्ष मनाइने टोखाको ऐतिहासिक पर्व बिस्केट जात्राको उपलक्ष्यमा आज सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए  ।

बिस्केट जात्राको उपलक्ष्यमा टोखा नगरपालिकाभित्रका वडा कार्यालय तथा स्वास्थ्य संस्था, विद्यालयहरू बन्द रहने प्रमुख अधिकारीले बताए ।

काठमाडौं उपत्यकाको सबैभन्दा पुरानो जात्रा मानिने टोखाको बिस्केट जात्राको ऐतिहासिक महत्वसमेत रहेको छ ।

सामाजिक सद्भावका साथ मनाइने टोखाको बिस्केट जात्रामा विशेष खटमा सजाइएका गणेश, कुमारी, सपनतीर्थ, मसानकाली र चण्डेश्वरी लगायतका देवीदेवतालाई नारायण पोखरीमा स्नान गराउने चलन रहेको छ । यही वैशाख १ गतेदेखि सुरु भएको बिस्केट जात्राको अन्तिम दिन वैशाख ४ गते देवीदेवताहरूलाई आ–आफ्नो स्थानमा विराजमान गराउने चलन छ ।



from Online Khabar https://ift.tt/mlypWjx

No comments:

Post a Comment