Monday, April 17, 2023

लिड्सको पोष्टमा लिभरपुलको ६ गोल

५ वैशाख, काठमाडौं । प्रिमियर लिगमा सोमबार राति भएको एक मात्र खेलमा लिभरपुलले लिड्स युनाइटेडलाई ६–१ ले पराजित गरेको छ।

लिड्सको मैदानमा भएको खेलमा लिभरपुललाई जिताउन मोहमद सलाहा र डिएगो जोटाले २–२ तथा कोडी गाक्पो र डार्विन नुनेजले समान एक–एक गोल गरे ।

३५औं मनेटमा गाक्पो र ३९औं मिनेटमा सालाहले गोल गरेपछि लिभरपुलले पहिलो हाफमा दुई गोलको अग्रता बनाएको थियो ।

दोस्रो हाफको सुरुमै लिड्सका सिनिस्टेराले गोल गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए । तर त्यसपछि लिभरपुलले एकपक्षीय रुपमा लगातार चार गोल ग¥यो ।

जोटाले ५२औं मिनेटमा गोल गर्दै ३–१ को अग्रता बनाए भने सालाहले ६४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । यस्तै जोटाले ७३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । ९०औं मिनेटमा नुनेजले गोल गर्दै लिभरपुललाई ६–१ को जित दिलाए ।

पछिल्लो पाँच लिग खेलमा लिभरपुलको यो पहिलो जित हो । जितपछि लिभरपुलको ३० खेलबाट ४७ अंक भएको छ र शीर्ष चारको सम्भावना बाँकी नै राखेको छ ।

लिड्स ३१ खेलबाट २९ अंकसहित १६औं स्थानमा छ ।



from Online Khabar https://ift.tt/0TkciRO

No comments:

Post a Comment